CSR Events and Activities inner Page Slide

CSR Events and Activities Heading

संस्थागत सामाजिक उत्तरदायित्व घटनाक्रम र गतिविधिहरू

Asset Publisher

लुम्बिनी बिकास कोष, रुपन्देही, लुम्बिनीमा सामाजिक उत्तरदायित्व कार्यक्रम


 

आषाढ १५, २०८२

नेपाल एसबिआई बैंक लि. द्धारा लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्धारा संचालित बिभिन्न संरक्षणका कार्यक्रमका लागि रु १०.०० लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरुलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ । कार्यक्रममा भारतीय स्टेट बैंकका प्रबन्ध संचालक ९अन्तर्राष्ट्रिय बैंकिङ, विश्व बजार तथा प्रविधि०, श्री राममोहन राव अमराले लुम्बिनी बिकास कोषका सदस्य सचिब, श्री सानुराजा शाक्यलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा बैंकका अध्यक्ष, श्री जयती बन्सल, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारी, नेपाल एसबिआई बैंकका संचालकहरु, श्री रितेश सिन्हा, श्री भरत राज वस्ती, श्री अप्सरा उप्रेती, श्री गोपाल प्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, बैंकका प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा तथा कोषका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

CSR Sub Side Navigation

कर्पोरेट सामाजिक उत्तरदायित्व घटनाहरू

Nepal Currency Converter Web Content

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan