हाम्रो मोर्टगेज प्लस कर्जा (रिभोल्भिङ ओभरड्राफ्ट प्रकृतिको) र मोर्टगेज लोन कर्जा ( आवधिक प्रकृतिको) को उद्देश्य व्यक्तिगत र व्यावसायिक वित्तिय आवश्यकताहरू पूरा गर्न व्यक्तिगत कर्जा सुविधा प्रदान गर्नु हो।
विशेषताहरु :
- कर्मचारी, पेशेवर, स्वरोजगार, व्यवसायी तथा अन्य व्यक्तिहरूका लागि उपयुक्त।
- रु. ११.०० करोड सम्म कर्जा सुविधा (जसमध्ये अधिकतम रु. १.०० करोड सम्म रिभोल्भिङ ओभरड्राफ्ट) प्रदान गरिने।
- रिभोल्भिङ ओभरड्राफ्ट वा टर्म लोनमा आधारित कर्जा सुविधा।
- कुनै पनि वैध उद्देश्यका लागि प्रयोग गर्न सकिने।
- प्रतिस्पर्धी ब्याजदर।
- सजिलो तथा छिटो कजा स्वीकृति प्रक्रिया।
नियम तथा शर्तहरूः
- नेपाल राष्ट्र बैंक को निर्देशिका अनुसार धितोको फेयर माक्रेट मुल्यको ५०% को सीमाभित्र रहि बैंकको नियम अनुसार डिस्ट्रेस मूल्यको ६६.६७% सम्म प्रदान गरिने।
- सम–मासिक किस्ता (इएमआइ) कुल मासिक आम्दानीको ५०% भन्दा बढी हुनु नहुने र सो को प्रमाणस्वरुप पछिल्लो कर दाखिला विवरण र बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने।
- धितोको रूपमा राखिने सम्पत्ति कम्तीमा ८ फिट चौडा सार्वजनिक मोटरबाटोले जोडिएको हुनुपर्ने। ।
- भवन भएको अवस्थामा त्यस्तो भवनको बजार मूल्य बराबरको विमा अनिवार्य रूपमा पेश गर्नुपर्ने।।
भुक्तानी व्यवस्थाः
ममोर्टगेज प्लस कर्जा :
- माग अनुसार भुक्तानी गर्नुपर्ने, तर सञ्चालन सहजताका लागि वार्षिक नवीकरण हुने रिभोल्भिङ खाता मार्फत गरिने।
- ब्याज त्रैमासिक रूपमा तिर्नुपर्ने।
मोर्टगेज लोन कर्जा
- अधिकतम ३०० महिना आवधि सम्मको सम–मासिक किस्ता ( इएमआइ ) मा तिर्न सकिने।
विशेषताहरु :
- आवेदन फारम
- पछिल्लो १२ महिनाको बैंक खाता विवरण (खाता भएमा)
- पासपोर्ट साइज फोटो (२ प्रति)
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- राष्ट्रिय परिचयपत्रको प्रतिलिपि
- व्यवसायबाट आम्दानी भएमा पछिल्लो ३ वर्षको वित्तीय विवरण
- प्रमाणित आम्दानी कागजात (कर चुक्ता/भुक्तानी/दर्ता प्रमाण सहित)
- प्यान (लागु हुने अवस्थामा)
- जग्गाको सक्कल लालपुर्जा
- नापी नक्सा (ब्लूप्रिन्ट)
- हालैको मालपोत तिरेको रसिद
- स्थानीय तह वा सम्बन्धित निकायबाट स्वीकृत भवन नक्सा (लागु हुने अवस्थामा)
- भवन निर्माण सम्पन्न प्रमाणपत्र (लागु हुने अवस्थामा)
- बैंकले समय–समयमा आवश्यक ठानेका अन्य कागजातहरू
सेवा शुल्कः
बैंकको सेवा शुल्क तथा अन्य शुल्कहरु बैंकको वेवसाइटमा उल्लेख भएको सेवा शुल्कको अनसूची बमोजिम हुनेछ।
विस्तृत जानकारीको लागि, कृपया आफ्नो नजिकको शाखामा सम्पर्क गर्नुहोस् ।






