Corporate Governance Inner Page Slide

Corporate Governance Structure Heading

संस्थागत संगठन संरचना

Corporate Governance Structure Information

नेपाल एसबिआई बैंक लि. को संगठनात्मक संस्कृतिको महत्वपुर्ण विशेषता भनेको सम्पुर्ण लागु हुन कानुन, नियम, मापदण्ड र आचार संहिताको पुर्ण परिपालना हो । सञ्चालक समिति बैंकको सर्वोच्च निर्णय लिने निकाय हो र सुशासनको अन्तिम उत्तरदायित्व पनि संचालक समितिमा नै निहित रहको छ ।

 

संस्थागत सुशासन कानुनी र नियामक निकायहरुका निर्देशनहरुहरुको पालना गर्नु भन्दा बृहत हो भन्ने बैंकको मान्यता छ । बैंकको प्रभावकारी व्यवस्थापन र व्यवसायको नियन्त्रणलाई सहज बनाउन; बैंकमा उच्चस्तरको व्यावसायीक नैतिकता कायम राख्न र यस बैंकका सबै सरोकारवालाहरुको उच्चतम हित कायम गर्न बैंकमा संस्थागत सुशासन संरचना तयार गरिएको हो । यस कारण बैंकले शेयरधनीको हित संरक्षण र अभिवृद्धि गर्न ग्राहक, कर्मचारी र समाज लगायत सबै सरोकारवालाहरुको हितको संरक्षण गर्ने, सम्वादमा पारदर्शिता र इमान्दारीता सुनिश्चित गरी सम्वन्धित सबैलाई पुर्ण सत्य र स्पष्ट जानकारी उपलब्ध गराउने र आफ्नो कार्य र ग्राहक सेवा प्रति उत्तरदायी हुने सुनिश्चीतता गर्ने लक्ष्य लिएको छ । नियमित रुपमा बैंकको सुशासनको स्थिति समिक्षा गर्न बैंकमा सुशासन समिति रहेको छ ।

बैंक प्रतिबद्ध छः

  • बैंकको संचालक समितिको बैठकहरु नियमित रुपमा बसेको, प्रभावकारी नेतृत्व एवं व्यवसाय र कार्यगत विषयमा अन्तर्दृष्टि प्रदान गरेको तथा बैंकको कार्यसम्पादन अनुगमन गरेको सुनिश्चितता गर्ने ।
  • रणनीतिक नियन्त्रणको संरचना स्थापना गर्ने र यसको प्रभावकारीताको निरन्तर समिक्षा गर्ने।
  • नीति निर्माण, कार्यान्वयन र समिक्षा गर्ने, निर्णय लिने, अनुगमन, नियन्त्रण र रिपोटिङका लागि स्पष्ट दस्तावेज तथा पारदर्शीे व्यवस्थापन प्रक्रियाहरुको स्थापना गर्ने ।
  • संचालक समितिलाई आफ्नो भुमिका प्रभावकारी रुपमा निर्वाह गर्न आवश्यक पर्ने सम्पूर्ण सान्दर्भिक जानकारी, सल्लाह र श्रोतहरुमा सहज पहुँच प्रदान गर्ने ।
  • नेपाल सरकार/नेपाल राष्ट्र र्बैक, अन्य नियामक निकाय र संचालक समितिले तोके बमोजिम सबै आवश्यक कानुन, नियम र अन्य कार्यविधि, नीति–नियमहरुको पालनाका सन्दर्भमा बैंक व्यवस्थापनलाई जिम्मेवार बनाईएको सुनिश्चित गर्दै, कुनै कैफियत भएमा रिपोर्ट गर्ने ।

 

नेपाल एसबिआई बैंकले, बैंक तथा वित्तीय संस्था ऐन, २०७३, कम्पनी ऐन, २०६३, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से ले जारी गरेका नियमन, नेपाल राष्ट्र र्बैक (नेपालको केन्द्रिय बैंक) ले जारी गरेको निर्देशन/परिपत्र/ मार्गदर्शन, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था द्वारा जारी विभिन्न मार्गदर्शन, प्रचलित कानुन र संस्थागत सुशासन सम्बन्धी अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड र सिद्धान्तहरुको अधिनमा रहि सो को परिपालना गर्दछ ।

  
                

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan