Nepal Housing Loan Inner Slide

Nepal Housing Loan Heading

आवास कर्जा

Nepal Housing Loan

आवास कर्जा

हामी तपाईंलाई तपाईंको सपनाको घर हासिल गर्न तपाइको आवश्यकता अनुसारको लचिलो वित्तिय सहयोग प्रदान गर्ने छौं। चाहे तपाईं जग्गा किन्नुहोस, घर किन्नुहोस, नयाँ घर निर्माण गर्नुहोस, वा आहाम्रो आफ्नो घर मर्मत गर्नुहोस, हाम्रो आवास कर्जाले तपाईंको प्रक्रिया सजिलो र कम तनावपूर्ण बनाउनेछ।

 
विशेषताहरूः
  • प्रतिस्पर्धी ब्याजदर।
  • सजिलो तथा छिटो प्रक्रिया।
  • अधिकतम ३० वर्षसम्मको लचिलो भुक्तानी अवधि।
  • अधिकतम १२ महिनासम्मको मोराटोरियम अवधि।
  • सम–मासिक किस्ता (इएमआइ) को आधारमा भुक्तानी।

 

कर्जाको सीमा रकम:

  • जग्गा वा जग्गा तथा भवन खरिदका लागि खरिद मूल्यको ९०% सम्म (जग्गा खरिदका लागि अधिकतम रु. २.०० करोडसम्म)
  • नयाँ भवन निर्माण/विस्तार/नवीकरण/इन्टेरियर पूरा गर्न परियोजना लागतको ९०% सम्म।
  • टेकओभरको अवस्थामा बाँकी रहेको ऋणको १००% सम्म

उक्त कर्जा रकम नेपाल राष्ट्र बैंकद्वारा जारी कर्जा र सोको धितो सुरक्षणको सम्बन्धमा जारिभएको निर्देशन अनुसार हुनेछ। 

 

 मनियम तथा शर्तहरू:

  • सम–मासिक किस्ता (इएमआइ) ऋणीको कुल आम्दानीको ७०% भित्र हुनुपर्ने, सो को प्रमाणस्वरुप पछिल्लो कर दाखिला विवरण र बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने।
  • ऋण भुक्तानीका लागि उपलब्ध खुद मासिक आम्दानी सम–मासिक किस्ता (इएमआइ) को कम्तिमा १.३३ गुणा हुनुपर्ने।
  • धितोको रूपमा राखिने सम्पत्ति कम्तीमा ८ फिट चौडा सार्वजनिक मोटरबाटोले जोडिएको हुनुपर्ने
  • भविष्यमा भवन निर्माणका लागि जग्गा खरिद गर्न कर्जा प्रदान गरिएको अवस्थामा ३ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने।
 

 

आवश्यक कागजातहरूः

  • आवेदन फारम तथा केवाइसी(प्थ्ऋ) कागजातहरू।।
  • ऋणी/जमानतकर्ताको नेट–वर्थ तथा मल्टिपल बैंकिङ सम्वन्धी घोषणा।
  • प्रत्येक ऋणीको २ प्रति पासपोर्ट साइज फोटो।
  • नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि।
  • नव्यवसायबाट आम्दानी भएमा लेखा परीक्षण अडिट गरिएको वित्तिय विवरण।
  • प्रमाणित आम्दानी कागजात (कर चुक्ता/भुक्तानी/दर्ता प्रमाण सहित)।
  • नप्यान नम्बर (लागु हुने अवस्थामा)।
  • पछिल्लो १२ महिनाको बैंक खाता विवरण (खाता भएमा)।
  • जग्गाको सक्कल लालपुर्जा।
  • नापी नक्सा (ब्लूप्रिन्ट)।
  • हालैको मालपोत तिरेको रसिद।
  • स्थानीय तह वा सम्बन्धित निकायबाट स्वीकृत भवन नक्सा (लागु हुने अवस्थामा)
  • भवन निर्माण सम्पन्न प्रमाणपत्र (लागु हुने अवस्थामा)।
  • बैंकले समय–समयमा आवश्यक ठानेका अन्य कागजातहरू।

 

शुल्क: बैंकको सेवा शुल्क तथा अन्य शुल्कहरु बैंकको वेवसाइटमा उल्लेख भएको सेवा शुल्कको अनसूची बमोजिम हुनेछ।

विस्तृत जानकारीको लागि, कृपया आफ्नो नजिकको शाखामा सम्पर्क गर्नुहोस् ।

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan