Nepal Remittance From India Inner page slide

Nepal Remittance From India Heading

भारतबाट रेमिट्यान्स

Nepal Remittance From India

एसबिआई नेपाल एक्सप्रेस रेमिट

भारतको स्टेट बैंक अफ ईण्डिया र नेपालको नेपाल एसबिआई बैंकविच रहेको विधुतिय रकमान्तर प्रणाली नै एसबिआई नेपाल एक्सप्रेस रेमिट हो । यो प्रणालीले भारतमा रहेका आप्रवासी नेपाली कामदारहरुले नेपालमा उनीहरुको परिवारलाई रकम पठाउदा झेल्नु परेका समस्याहरुको समाधान गरेको छ । स्टेट बैंक अफ ईण्डियाका सबै शाखाहरुमा यो सुबिधा उपलब्ध छ । स्टेट बैंक अफ ईण्डियामा खाता भएका र नभएका दुबै प्रकारका ग्राहकहरुले यो सुबिधा लिन सक्छन् । यो सुबिधाका विशेषताहरु निम्न बमोजिम छन् ।:

 
विशेषताहरु:
  • Tस्टेट बैंक अफ ईण्डियामा खाता भएका र नभएका दुबै प्रकारका ग्राहकहरुको लागि यो सुबिधा उपलब्ध छ ।
  • स्टेट बैंक अफ ईण्डियाका सबै शाखाहरुबाट रकमान्तर गर्न सकिन्छ ।
  • विप्रेषण रकम नेपालमा रहेका सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा हुन्छ । नेपालमा खाता नहुने ग्राहकहरुले प्रभु मनि ट्रान्सफरका आउटलेटहरुबाट नगद भुत्तानी लिन सक्दछन्
यो सुविधाका लागि स्टेट बैंक अफ ईण्डियामा लाग्ने शुल्क विवरण:
नेपाल एसबिआई बैंकमा खाता हुने लाभगा्रहीहरुको लागि शुल्क (भा.रु मा) नेपाल एसबिआई बैंकमा खाता नहुने लाभगा्रहीहरुको लागि शुल्क (भा.रु मा)
भा.रु १ प्रति हजार, न्यूनतम भा.रु ७५ वा अधिकतम भा.रु १५०० भा.रु १.५० प्रति हजार, न्यूनतम भा.रु १५० वा अधिकतम भा.रु ३०००

नेपाल एसबिआई बैंकमा खाता नभएका लाभग्राहीको हकमा प्रति कारोवार ने.रु १०० र NCHL शुल्क अधिकतम ने.रु १० लाग्दछ ।


इण्डो नेपाल रेमिट्यान्स

नेपाली भाषाको लागि यहाँ थिच्नुहोस्|

भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैकसँगको सहकार्यमा मई २००८ मा नेपाल र भारत विच सिमापार विप्रेषण सुविधाको शुरुवात गरेको थियो जसलाई इण्डो नेपाल रेमिट्यान्स भनिन्छ । यो सुविधा भारतमा रहेका आप्रवासी नेपाली कामदारहरुको नियमित अन्तरालमा नेपालमा उनीहरुको परिवारलाई रकम पठाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै विकास गरिएको हो । भारतीय बैंकहरुमा खाता रहेका र नरहेका सबै ग्राहकहरुले यो सुविधा मार्पmत नेपालमा रकम पठाउन सक्छन । यसका मुख्य विशेषताहरु निम्न बमोजिम छन् ।
 
  • प्रति कारोवार सिमा:भारतीय बैंकहरुमा खाता हुने ग्राहकहरूको हकमा प्रति कारोवार अधिकतम भा रु २००,०००।– पठाउन सकिने छ । खाता नहुने ग्राहकहरूको हकमा प्रति कारोवार रकम अधिकतम भा रु ५०,०००।– पठाउन सकिन्छ र उनीहरुले १ वर्षमा १२ पटक सम्म रकम पठाउन सक्छन् ।
  • शुल्क संरचना:NEFT प्रणालीमा आवद्ध कुनै पनि भारतीय बैंकले विप्रेषण गर्दा प्रति कारोबार भा.रु. ५ शुल्क लिनेछन् । स्टेट बैंक अफ ईण्डियामा लाग्ने शुल्कको विवरण निम्न अनुसार छन्
  • विप्रेषण रकम नेपाल एसबिआई बैंकमा खाता हुने लाभगा्रहीहरुको लागि शुल्क नेपाल एसबिआई बैंकमा खाता नहुने लाभगा्रहीहरुको लागि शुल्क )
      पेन्सनरहरुको लागि पेन्सनर बाहेककाग्राहकहरूको लागि पेन्सनरहरुको लागि पेन्सनर बाहेककाग्राहकहरूको लाग
    भा.रु ५,००० सम्म भा.रु २० भा.रु ७०
    भा.रु ५,००० माथि भा.रु ५०,००० सम्म भा.रु २० भा.रु ९५
    भा.रु ५०,००० माथि भा.रु २००,००० सम्म भा.रु ०.५० प्रति हजार अधिकतम भा.रु ७५ भा.रु १ प्रति हजार अधिकतम भा.रु १५० भा.रु १ प्रति हजार अधिकतम भा.रु १५० भा.रु ३ प्रति हजार अधिकतम भा.रु ५००

    नेपाल एसबिआइ बैंकमा खाता नभएका लाभग्राहीको हकमा प्रति कारोवार ने.रु १०० र NCHL शुल्क अधिकतम ने.रु १० लाग्दछ ।

  • विप्रेषण रकम नेपालमा सम्बन्धित लाभग्राहीको बैक खातामा जम्मा गरिन्छ । साथै नेपालमा बैक खाता नहुने लाभग्राहीले प्रभु मनि ट्रान्सफरका आउटलेटहरुबाट नगद भुत्तानी लिन सक्दछन् ।
  • NEFT प्रणालीमा आवद्ध भारतका कुनै पनि बैंकका शाखाहरुमा यो सुबिधा उपलब्ध छ ।

एनएसबिएल पेमेण्ट गेटवे

स्टेट बैंक अफ ईण्डियामा लाग्ने शुल्कको विवरण निम्न अनुसार छन् ।:

विप्रेषण रकम

नेपाल एसबिआई बैंकमा खाता हुने लाभगा्रहीहरुको लागि शुल्क

(Beneficiary)

नेपाल एसबिआई बैंकमा खाता नहुने लाभगा्रहीहरुको लागि शुल्क

(Beneficiary)

भा.रु ५,००० सम्म

भा.रु २०

भा.रु ७०

भा.रु ५,००० माथि भा.रु ५०,००० सम्म

भा.रु २०

भा.रु ९५

भा.रु ५०,००० माथि

भा.रु १ प्रति हजार, न्यूनतम भा.रु ७५ वा अधिकतम भा.रु १५००

भा.रु १.५० प्रति हजार, न्यूनतम भा.रु १५० वा अधिकतम भा.रु ३०००

नेपाल एसबिआइ बैंकमा खाता नभएका लाभग्राहीको हकमा प्रति कारोवार ने.रु १०० र NCHL IPS शुल्क अधिकतम ने.रु १० लाग्दछ ।

 

 


रेमिट्यान्स सेवाको बारेमा थप जानकारीको लागि सम्पर्क गर्नुहोस्

Central Operations Department
नेपाल एसबिआई बैंक लि, केन्द्रिय कार्यालय
कमलादी,काठमाडौं, नेपाल
फोन: ०१–४५४४०९४
ईमेल: remittance@nsbl.com.np

Nepal Services Remittances

भारतबाट रेमिट्यान्स

TRENDING PRODUCT

ट्रेन्डिङ उत्पादन

 class=
शैक्षिक कर्जा
Education Loan
 class=
NSBL आवर्ती जम्मा
Recurring Deposit
 class=
NSBL कर्पोरेट तलब प्याकेज
Salary Package
 class=
विश्व यात्रा कार्ड
Vishwa Yatra Card
 class=
SME कर्जा
SME Loans
 class=
आवास कर्जा
Housing Loan