भारतबाट रेमिट्यान्स
हामी सामान्य भिसा/मास्टरकार्ड डेबिट कार्ड (नेपाल र भारतमा मात्र मान्य), NSBL इन्स्टा कार्ड (नेपाल र भारतमा मात्र मान्य) र USD भिसा अन्तर्राष्ट्रिय डेबिट कार्ड (विश्व यात्रा कार्ड) जारी गर्छौं ।
नेपाल एसबीआई डेबिट कार्डहरू जारी गर्न, हाम्रा खाताधारकहरूले हाम्रो कुनै पनि शाखाहरूमा गएर एक पासपोर्ट साइज फोटोको साथमा भरिएको कार्ड आवेदन फारम बुझाउनु पर्छ। कार्ड आवेदन फारमहरू हाम्रा सबै शाखाहरूमा उपलब्ध छन्।
ग्राहकले योनो (YONO) मोबाइल एप मार्फत पनि डेबिट कार्ड आवेदन दिनु सक्नुहुन्छ।
सामान्य घरेलु भिसा/मास्टरकार्ड डेबिट कार्ड डेलिभर हुन लगभग ३० दिन लाग्छ। जबकि NSBL इन्स्टा कार्ड सुविधा तुरुन्तै लिन सकिन्छ।
कार्ड ५ वर्षको लागि मान्य छ।
तपाईंको कार्डको म्याद सकिएपछि, तपाईंले नवीकरण गरिएको कार्ड प्राप्त गर्न सक्नुहुन्छ।
ग्राहकको इच्छा अनुसार कार्ड जुनसुकै बेला बन्द गर्न सकिन्छ।
प्राविधिक रूपमा दुई कार्डहरू बीच कुनै भिन्नता छैन। फरक यति मात्र हो कि सामान्य घरेलु भिसा/मास्टरकार्ड डेबिट कार्डमा ग्राहकको नाम छापिएको हुन्छ जबकि NSBL इन्स्टा कार्डमा ग्राहकको नाम छापिएको हुन्न।
NSBL डेबिट कार्ड र NSBL इन्स्टा कार्ड दुवै नेपाल र भारतका एटीएम टर्मिनल, पोस मेसिन वा भिसा/मास्टरकार्ड द्वारा प्रमाणित वेबसाइटहरूमा ई-कमर्स (अनलाइन) भुक्तानीमा प्रयोग गर्न सकिन्छ।
Insta Debit Card को लागि
i. पाँच वर्षका लागि एकमुष्ट (एक पटक मात्र) शुल्क: रु. १,५००.०० वा
ii. पाँच वर्षसम्म वार्षिक शुल्क: रु. ३००.०० प्रति वर्ष
Embossed/Normal Debit Card को लागि
i. पाँच वर्षका लागि एकमुष्ट (एक पटक मात्र) शुल्क: रु. २,०००.०० वा
ii. पाँच वर्षसम्म वार्षिक शुल्क: रु. ४००.०० प्रति वर्ष
नोट: शुल्कहरू समय–समयमा परिवर्तन हुन सक्छन्। अद्यावधिक जानकारीका लागि कृपया नवीनतम सेवा शुल्क तालिका (Schedule of Service Charges) हेर्नुहोस्।
सेवा शुल्क
तुरुन्तै कार्ड ब्लक गर्नको लागि नजिकको नेपाल एसबीआई शाखालाई सूचित गर्नुहोस्। कृपया ध्यान दिनुहोस् कि NSBL लाई हराएको/चोरी भएको कार्डको जानकारी नहुँदासम्म प्रशोधन गरिएका कारोबारहरूका लागि तपाईं पूर्ण रूपमा उत्तरदायी हुनुहुन्छ। बैंकले तपाइँको अनुरोधमा हराएको/चोरी भएको कार्डलाई लागू शुल्क सहित प्रतिस्थापन जारी गर्नेछ। यद्यपि, तपाईंले भारत यात्रा कार्डको लागि प्रतिस्थापन कार्ड प्राप्त गर्न सक्नुहुन्न। कार्ड ब्लक गर्नका लागि ग्राहकहरूले सीधै हाम्रो काठमाडौंस्थित कल सेन्टरमा निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्छन्:
टोल फ्री नम्बर:१६६००१२००१२ (नेपाल टेलिकम नम्बरबाट कल गर्दा कुनै शुल्क लाग्दैन)
+९७७ १ ५९७०३३३/ १ ४५२३३७५ / ९८६६२९९०५०
तपाईले आफ्नो कार्ड ब्लक गर्न इमेल अनुरोध पनि पठाउन सक्नुहुन्छ: support@nsbl.com.np / atm@nsbl.com.np वा हाम्रो आधिकारिक फेसबुक पेज मार्फत:facebook.com/NepalSBIOfficial
ग्राहकले हराएको कार्ड ब्लक गर्नुको लागि NPR १०० तिर्नु पर्छ।
इन्टरनेट बैंकिङ / योनो (YONO) मोबाइल एपबाट नि:शुल्क कार्ड ब्लक गर्नु सकिन्छ।
ग्राहकले नेपाल एसबीआईको कुनैपनि एटीएम/ इन्टरनेट बैंकिङ / योनो (YONO) मोबाइल एपबाट नि:शुल्क पिन परिवर्तन गर्न सकिन्छ।
इन्टरनेट बैंकिङ प्रयोग गरेर PIN उत्पन्न गर्न विस्तृत को लागि यहाँ क्लिक गर्नुहोस्
यदि शाखामा पिन परिवर्तनको लागि लिखित निवेदन दिनुभए सो पिन प्राप्त गर्न लगभग ३० दिन लाग्छ।
पिन पुन: उत्पन्न गर्न NPR १०० तिर्नु पर्छ। तर यदि तपाईंले एटीएम/ इन्टरनेट बैंकिङ / योनो (YONO) मोबाइल एप प्रयोग गरेर पिन उत्पन्न गर्नुभयो भने, कुनै शुल्क कटौती हुँदैन।
तपाईंले वैध परिचय पत्रको साथ एटीएम लिङ्क गरिएको शाखामा सोही दिन सम्पर्क गर्नुपर्छ। यदि कागजात शंकास्पद भयो वा प्रयोगकर्ताले आईडी प्रदान गर्न सकेन भने बैंकलाई अनुरोध अस्वीकार गर्ने अधिकार छ।
दैनिक र मासिक नगद निकासी सीमा तल उल्लेख गरिएको छ:
|
एटीएम मेसिनमा |
||||
|
क्रम संख्या |
निकासी सीमा |
नेपालमा (NPR) |
भारतमा (INR) |
विदेशमा (USD) - VYC |
|
प्रति कारोबार |
NPR २०,००० |
₹१०,००० |
$ २४५ |
|
|
प्रति दिन |
NPR ४०,००० |
₹१५,००० |
$ १००० |
|
|
प्रति महिना |
NPR ३,००,००० |
₹१,००,००० |
सीमा छैन |
|
|
|
|
पोस मेसिनमा |
||||
|
क्रम संख्या |
निकासी सीमा |
नेपालमा (NPR) |
भारतमा (INR) |
विदेशमा (USD) - VYC |
|
प्रति कारोबार |
NPR १,००,००० |
₹ ६२,५०० |
$ ३००० |
|
|
प्रति दिन |
NPR १,००,००० |
₹ ६२,५०० |
$ ३००० |
|
|
प्रति महिना |
सीमा छैन |
₹१,००,००० |
सीमा छैन |
|
|
नोट: होटल, अस्पताल र फार्मेसीको पोस मेसिनमा कारोबार गर्दा मासिक सीमा लागू हुँदैन। तर प्रति दिन ₹ ५,००,००० को कारोबार सीमा भने लागू हुनेछ। पेट्रोल स्टेशन, सुन पसल, इलेक्ट्रोनिक पसल जस्ता ठाउँमा कारोबार गर्दा अधिशेष शुल्क (Surplus Charge) लागू हुन सक्छ। |
||||
|
विवरण |
शुल्क |
|
|
डेबिट कार्ड जारी |
• डलर कार्डका लागि USD 10 |
|
|
डेबिट कार्ड - पिन परिवर्तन |
|
|
|
डेबिट कार्ड - ब्लक |
|
|
|
इन्टरनेट बैंकिङ |
|
|
|
एटीएम निकासी शुल्क |
||
|
विवरण |
शुल्क (प्रति कारोबार) |
|
|
NSBL कार्ड अन्य नेपाली बैंकको एटीएम मेसिनमा |
NPR १५/- |
|
|
NSBL कार्ड भारतीय स्टेट बैंकको एटीएम मेसिनमा |
NPR २००/- |
|
|
NSBL कार्ड अन्य भारतीय बैंकको एटीएम मेसिनमा
|
NPR ४००/- नोट: अन्य भारतीय बैंकले पनि थप सेवा शुल्क लिन सक्नेछन् । |
|
|
विश्व यात्रा कार्ड |
USD ५/- |
|
|
ब्यालेन्स सोधपुछ |
||
|
NSBL कार्ड अन्य नेपाली बैंकको एटीएम मेसिनमा |
NPR ५०/- प्रति कारोबार |
|
|
NSBL कार्ड भारतीय स्टेट बैंकको एटीएम मेसिनमा |
NPR २०/- प्रति कारोबार |
|
|
NSBL कार्ड अन्य भारतीय बैंकको एटीएम मेसिनमा |
NPR ५०/- प्रति कारोबार |
|
|
विश्व यात्रा कार्ड |
USD १/- |
|
|
ई-कमर्स (अनलाइन) भुक्तानी |
|
|
नेपाली वेबसाइटहरूमा |
नि:शुल्क |
|
भारतीय वेबसाइटहरूमा |
कारोबार रकमको ०.५ % वा NPR ५०/- (जुनसुकै धेरै) |
NSBL डेबिट कार्डहरूले भिसा/मास्टरकार्ड द्वारा प्रमाणित वेबसाइटहरूमा NPR र INR मा अनलाइन भुक्तानी गर्न सकिनेछ। यो प्रक्रिया पूरागर्न एक पटक पासवर्ड (OTP) आवश्यक भएको हुनाले ग्राहकहरूले आफ्नो मोबाइल नम्बर नजिकैको शाखामा गएर अद्यावधिक गर्नुपर्छ।
नेपाल आधारित ईकमर्स साइटहरुमा ईकमर्स कारोबारको लागि कुनै शुल्क लाग्ने छैन।भारतीय ईकमर्स साइटको लागि, शुल्क कारोबार रकमको ०.५% वा NPR ५०, जुनसुकै धेरै हुन्छ।
त्यस्तो व्यवस्था छैन ।
खातावाला मध्ये एक जनाले मात्र NSBL भिसा कार्ड पाउनेछन्।
हामीलाई तुरुन्तै यी नम्बरहरूमा सम्पर्क गर्नुहोस् :
नेपाल एसबीआई एटीएममा भिसा/मास्टरकार्ड द्वारा जारी गरेको कुनै पनि अन्तर्राष्ट्रिय कर्ड प्रयोग गर्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय कार्डहरूको लागि कारोबार सीमा र शुल्कहरू निम्नानुसार छन्:
प्रति निकासी शुल्क : NPR ५००.००
प्रति कारोबार सीमा : NPR २०,०००.००
यी कोडहरूले एटीएम कारोबारको प्रकृतिलाई जनाउँछ। कोडहरूले निर्दिष्ट गर्दछ कि तपाइँले सफलतापूर्वक आफ्नो कारोबार पूरा गर्नुभयो वा कुनै अन्य त्रुटि भयो। प्रतिक्रिया (RESPONSE) कोड र तिनीहरूको अर्थको पूर्ण सूचीको लागि, थप पढ्नुहोस्
(यदि तपाइँसँग हाम्रो कार्ड सेवाहरू बारे कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई लेख्नुहोस्।)
इमेल आईडी: atm@nsbl.com.np
फोन नम्बर: +९७७ १ ४५२३३७५
वेबसाइट : nsbl.statebank