हाम्रो शैक्षिक कर्जा योजना योग्य विद्यार्थिहरूलाई नेपाल वा विदेशमा उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
विशेषताहरूः
-
- रु. १ करोड ५० लाख सम्मको कर्जा सुविधा।
- जग्गा तथा भवनको डिस्ट्रेस मूल्यको १००% सम्म र मद्दती निक्षेपको मूल्यको ९५.२३% सम्मको कर्जा।
- मोराटोरियम अवधी वाहेक अधिकतम १५ वर्षसम्मको लचिलो भुक्तानी अवधि।
- अधिकतम ५ वर्ष वा कोर्स समाप्त भएको ६ महिना (जुन पहिले हुन्छ) सम्मको मोराटोरियम अवधि।
- प्रतिस्पर्धी ब्याज दर।
- सजिलो तथा छिटो प्रक्रिया।
नियम तथा सर्तहरूः
-
- कर्जाको ब्याज कुल आम्दानीको ५०% भन्दा बढी हुनु नहुने र सो को प्रमाणस्वरुप पछिल्लो कर दाखिला विवरण र बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने।
- धितोको रूपमा राखिने सम्पत्ति कम्तीमा ८ फिट चौडा सार्वजनिक मोटरबाटोले जोडिएको हुनुपर्ने। काठमाडौं उपत्यकाका उच्च व्यापारिक क्षेत्रहरू (काठमाडौं, भक्तपुर, ललितपुर) मा कम्तीमा ४ फिट बाटो भएको घर जग्गा पनि स्वीकार्य हुने।
- भवन भएको अवस्थामा त्यस्तो भवनको बजार मूल्य बराबरको बीमा अनिवार्य रूपमा पेश गर्नुपर्ने।
योग्य पाठ्यक्रमहरूः
-
- डिप्लोमा / स्नातक / स्नातकोत्तर वा सोभन्दा माथि
- प्राविधिक / व्यावसायिक ( व्यावसायिक /सीपमूलक) पाठ्यक्रमहरू
समावेश गरिने खर्चहरूः
-
- कलेज/होस्टेल शुल्क (भर्ना शुल्क, ट्युसन शुल्क, परीक्षा शुल्क, ल्याब शुल्क, लाइब्रेरी शुल्क, बिमा शुल्क, आदि)
- पुस्तक, उपकरण तथा आवश्यक सामग्री खरिद खर्च
- विदेश अध्ययनका लागि यात्रा खर्च (विद्यार्थी तथा सँगै जाने आश्रितको)
- बसोबास तथा खानपान खर्च (मान्यता प्राप्त होस्टेल) तथा जीवनयापन खर्च (विद्यार्थी तथा सँगै जाने आश्रितको)
आवश्यक कागजातहरूः
-
- पूर्ण रूपमा भरिएको कर्जा आवेदन फारम
- पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- छात्रवृत्ति पत्र (उपलव्ध भएमा)
- सम्बन्धित कलेज/विश्वविद्यालयको भर्ना प्रमाण वा अफर लेटर.
- पाठ्यक्रमको खर्च विवरण
- विद्यार्थि तथा अभिभावक/जमानतकर्ताको हालसालै खिचिएको पासपोर्ट साइज फोटो (२ प्रति)
- आवश्यक परेमा विदेशी मुद्रा सटहि अनुमति पत्र
- नागरिकता/राष्ट्रिय परिचयपत्र/पासपोर्टका प्रतिलिपिहरू
- अविभावक/जमानतकर्ताको नियमित आम्दानी स्रोतको विवरण तथा अन्य आवश्यक कागजात
- कर चुक्ता प्रमाणपत्र (लागु हुने भएमा)
- प्यान नम्बर (लागु हुने भएमा)
- अभिभावक/जमानतकर्ताको सम्पत्ति तथा दायित्व विवरण
- धितोको रूपमा राखिने सम्पत्तिको स्वामित्व प्रमाणपत्र वा मुद्दती निक्षेपका कागजातहरू
- जग्गाको सक्कल लालपुर्जा
- नापि नक्सा (ब्लूप्रिन्ट)
- हालैको मालपोत तिरेको रसिद
- स्थानीय तह वा सम्बन्धित निकायबाट स्वीकृत भवन नक्सा (लागु हुने अवस्थामा)
- भवन निर्माण सम्पन्न प्रमाणपत्र (लागु हुने अवस्थामा)
शुल्क:
- बैंकले प्रकाशन गरेको सेवाशुल्कको तालिका बमोजिम । बैंकको नियमानुसार Service Charge and Fees Schedule
विस्तृत जानकारीको लागि, कृपया आफ्नो नजिकको
-
शाखामासम्पर्क गर्नुहोस् ।






