Nepal Education Page Inner slide

Education Loan Plus Heading

Education Loan Plus

शैक्षिक कर्जा प्लस

 

हाम्रो शैक्षिक कर्जा प्लस योजना योग्य तथा प्रतिभाशाली विद्यार्थीहरूको उच्च शिक्षा (नेपाल वा विदेशमा) का लागि अभिभावकहरूलाई आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
विशेषताहरूः
    1. अविभावकको नाममा कर्जा प्रदान गरिने।
    2. रु. १ करोड ५० लाख सम्मको कर्जा सुविधा।
    3. जग्गा तथा भवनको डिस्ट्रेस मूल्यको १००% सम्म र मद्दती निक्षेपको मूल्यको ९५.२३% सम्मको कर्जा।
    4. मोराटोरियम अवधी वाहेक अधिकतम २० वर्षसम्मको लचिलो भुक्तानी अवधि।
    5. अधिकतम ५ वर्ष वा कोर्स समाप्त भएको ६ महिनापछि (जुन पहिले हुन्छ) सम्मको मोरेटोरियम अवधि।
    6. प्रतिस्पर्धी ब्याज दर।
    7. सजिलो तथा छिटो प्रक्रिया।
नियम तथा सर्तहरूः
    1. कजाको सम मासिक किस्ता ( इएमआइ ) कुल आम्दानीको ५०% भन्दा बढी हुनु नहुने, सो को प्रमाणस्वरुप पछिल्लो कर दाखिला विवरण र बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने।
    2. धितोको रूपमा राखिने सम्पत्ति कम्तीमा ८ फिट चौडा सार्वजनिक मोटरबाटोले जोडिएको हुनुपर्ने। काठमाडौं उपत्यकाका उच्च व्यापारिक क्षेत्रहरू (काठमाडौं, भक्तपुर, ललितपुर) मा कम्तीमा ४ फिट बाटो भएको घर जग्गा पनि स्वीकार्य हुने।
    3. भवन भएको अवस्थामा त्यस्तो भवनको बजार मूल्य बराबरको बीमा अनिवार्य रूपमा पेश गर्नुपर्ने।
योग्य पाठ्यक्रमहरूः
    1. डिप्लोमा / स्नातक / स्नातकोत्तर वा सोभन्दा माथि
    2. प्राविधिक / व्यावसायिक ( व्यावसायिक /सीपमूलक) पाठ्यक्रमहरू
समावेश गरिने खर्चहरूः
    1. कलेज/होस्टेल शुल्क (भर्ना शुल्क, ट्युसन शुल्क, परीक्षा शुल्क, ल्याब शुल्क, लाइब्रेरी शुल्क, बिमा शुल्क, आदि)
    2. पुस्तक, उपकरण तथा आवश्यक सामग्री खरिद खर्च
    3. विदेश अध्ययनका लागि यात्रा खर्च (विद्यार्थी तथा सँगै जाने आश्रितको)
    4. बसोबास तथा खानपान खर्च (मान्यता प्राप्त होस्टेल) तथा जीवनयापन खर्च (विद्यार्थी तथा सँगै जाने आश्रितको)
आवश्यक कागजातहरूः
    1. पूर्ण रूपमा भरिएको कर्जा आवेदन फारम
    2. पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
    3. छात्रवृत्ति पत्र (उपलव्ध भएमा)
    4. सम्बन्धित कलेज/विश्वविद्यालयको भर्ना प्रमाण वा अफर लेटर
    5. पाठ्यक्रमको खर्च विवरण
    6. विद्यार्थि तथा अभिभावक/जमानतकर्ताको हालसालै खिचिएको पासपोर्ट साइज फोटो (२ प्रति)
    7. आवश्यक परेमा विदेशी मुद्रा सटहि अनुमति पत्र
    8. नागरिकता/राष्ट्रिय परिचयपत्र/पासपोर्टका प्रतिलिपिहरू
    9. अविभावक/जमानतकर्ताको नियमित आम्दानी स्रोतको विवरण तथा अन्य आवश्यक कागजात
    10. कर चुक्ता प्रमाणपत्र (लागु हुने भएमा)
    11. प्यान नम्बर (लागु हुने भएमा)
    12. अभिभावक/जमानतकर्ताको सम्पत्ति तथा दायित्व विवरण
    13. धितोको रूपमा राखिने सम्पत्तिको स्वामित्व प्रमाणपत्र वा मुद्दती निक्षेपका कागजातहरू
    14. जग्गाको सक्कल लालपुर्जा
    15. नापि नक्सा (ब्लूप्रिन्ट)
    16. हालैको मालपोत तिरेको रसिद
    17. स्थानीय तह वा सम्बन्धित निकायबाट स्वीकृत भवन नक्सा (लागु हुने अवस्थामा)
    18. भवन निर्माण सम्पन्न प्रमाणपत्र (लागु हुने अवस्थामा)

शुल्क:
  1. बैंकले प्रकाशन गरेको सेवाशुल्कको तालिका बमोजिम । बैंकको नियमानुसार Service Charge and Fees Schedule

विस्तृत जानकारीको लागि, कृपया आफ्नो नजिकको शाखामासम्पर्क गर्नुहोस् ।

थप जानकारीका लागि नजिकको बैंक शाखामा सम्पर्क गर्नुहोस्।