Nepal Bhu Puu Loan Inner Slide

Bhu Puu Loan Heading

भु .पु कर्जा

Bhu Puu Loan Content

हाम्रो भु .पु .कर्जाले भारत सरकारबाट अवकाशप्राप्त गरी नेपालमा हाम्रा शाखाहरूबाट आफ्नो बैंक खाता मार्फत पेन्सन बुझ्ने नेपाली नागरिक पेन्शनरहरूको विभिन्न आर्थिक आवश्यकताहरू पूरा गर्न लागि सजिलो ऋण सुविधा प्रदान गर्दछ।

 

विशेषताहरु :

  • आकर्षक तथा प्रतिस्पर्धी ब्याजदर।।
  • सजिलो तथा छिटो कर्जा प्रक्रिया।
  • अधिकतम १२ वर्षसम्मको भुक्तानी अवधि।
  • सम–मासिक किस्ता (इएमआई) आधारित ऋण सुविधा।
  • धितो आवश्यक नपर्ने।
  • हालको कर्जा रकममा वृद्धि (ईनहान्समेन्ट) गर्न सकिने।

 

योग्यता :

  • भारत सरकारबाट अवकाशप्राप्त नेपाली पेन्शनर ।
  • पेन्शनरको उमेर ७० वर्ष नाघेको हुनु हुँदैन ।

 

कर्जा रकम:

कर्जा स्वीकृतिको समयमा पेंशनरको उमेर योग्य कर्जा रकम
५५ वर्ष सम्म ४२ महिना सम्मको पेन्सन वरावर
५५ वर्ष माथि र ६० वर्ष सम्म ३६ महिना सम्मको पेन्सन वरावर
६० वर्ष भन्दा माथि र ६५ वर्षसम्म २८ महिना सम्मको पेन्सन वरावर
६५ वर्षभन्दा माथि र ७० वर्षसम्म २० महिना सम्मको पेन्सन वरावर

 

आवश्यक कागजातहरूः

  • पूर्ण रूपमा भरिएको आवेदन फारम।
  • ऋणी/जमानतकर्ताको पासपोर्ट साइज फोटो (२ प्रति)।
  • ऋणी/जमानतकर्ताको नागरिकता प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्र।
  • पेन्सन पट्टा र डिस्चार्ज प्रमाणपत्रको प्रतिलिपि।
  • लागू हुने अवस्थामा धितो सम्बन्धी विवरण (जग्गाको कागजात, नक्सा आदि)।
  • विशेष उद्देश्यको लागि प्रवाहित हुने कर्जा भएमा परियोजनाको संक्षिप्त विवरण।
  • ऋणीको ठेगाना प्रमाणित गर्ने  केवाईसि कागजातहरू।
  • बैंकले समय–समयमा आवश्यक ठानेका अन्य कागजातहरू।

 

विस्तृत जानकारीको लागि, कृपया आफ्नो नजिकको शाखामा सम्पर्क गर्नुहोस् ।