जुलाई १९९३ मा स्थापित भारतीय स्टेट बैंक (एसबीआई) को सहायक कम्पनी नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबिएल) नेपालमा क वर्गको एक प्रमुख बैंक हो । एसबीआईको ५५ प्रतिशतको बहुमत स्वामित्व हिस्सा रहेको छ भने कर्मचारी संचय कोष को १५ प्रतिशत र बाँकी ३० प्रतिशत शेयर आम सर्वसाधारणको स्वामित्वमा रहेको छ । एसबीआई र एनएसबिएल बीचको प्राविधिक सेवा सम्झौताको सन्दर्भमा, एसबीआईले बैंकका प्रमुख कार्यकारी अधिकृत सहितका काजमा खटिआएका अन्य अधिकारीहरू मार्फत बैंकलाई व्यवस्थापन सहयोग प्रदान गरिरहेको छ । केन्द्रीय व्यवस्थापन समिति जसमा प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, प्रमुख वित्तीय अधिकृत र बैंकका प्रबन्ध निर्देशकले निर्णय गरे बमोजिम दुई भर्टिकल प्रमुखहरू सहित नियन्त्रण कार्यालयहरूको सहयोगमा बैंकको समग्र अप्रेसन सञ्चालन र निरीक्षण गर्दछ ।
एनएसबिएलको नेपालमा बलियो उपस्थिति छ, यस बैंकको ५४ जिल्लाहरूमा १५४ शाखाहरु छन् । यस सञ्जालमा २०८३ को आषाढ अन्त्यसम्ममा १०३ पूर्ण शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय र २१ शाखारहित बैंकिङ शाखा, साथै ९८९ जनाको समर्पित र कुशल कार्यबल भएको कर्पोरेट कार्यालय रहेको छ । एनएसबिएलले देशभरका लगभग १४ लाख सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गर्दछ, जसले १२७ स्थानहरूमा फैलिएको हाम्रो एटीएम नेटवर्कको सुविधा र योनो नेपाल एसबीआइ–मोबाइल बैंकिङ एप्लिकेसन र इन्टरनेट बैंकिङ जस्ता विभिन्न च्यानलहरू मार्फत विवध बैंकिङ सेवा प्रदान गरिरहेको छ । एनएसबीएल नेपाली बैंकिङ क्षेत्रमा अग्रगामी सोच, अत्याधुनिक प्रविधि भित्र्याउने संस्थाका रुपमा परिचित रहेको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा खुद नाफामा उल्लेखनीय वृद्धिका साथ अगाडि बढिरहेको छ । ३२ असार २०८२ सम्ममा, बैंकको वित्तीय स्थितिले बलियो र विस्तारित पदचिह्नलाई प्रतिबिम्बित गर्दछ, जसको कुल निक्षेप रु. १९९.६० अर्ब र कुल ऋण (कर्मचारी ऋण सहित) रु. १४५.९९ अर्ब छ। बैंकको लगानी पोर्टफोलियो पनि रु. ५४.८६ अर्ब छ, जसमा यसको सहायक कम्पनीमा लगानी समावेश छ।
केयर रेटिंग नेपाल लिमिटेडबाट ट्रिपल ए को रेटिङ प्राप्त गर्ने एनएसबीएल नेपालको पहिलो कर्पोरेट पनि हो । यो सम्मानित रेटिङले वित्तीय दायित्वहरूको उच्चतम स्तरको सुरक्षा र सबैभन्दा कम जोखिम रहेको भन्ने स्पष्ट गर्दछ ।
हाम्रो अभिभावक कम्पनी, स्टेट बैंक अफ इन्डिया (एसबीआई), फच्र्यून ५०० कम्पनी र बैंकिङ र वित्तीय सेवा क्षेत्रमा सार्वजनिक क्षेत्र भित्र सञ्चालन हुने एक उल्लेखनीय भारतीय बहुराष्ट्रिय कम्पनीको रूपमा रहेको छ । भारतको मुम्बईमा मुख्यालय रहेको एसबीआईले आम व्यक्तिको आवश्यकतालाई निरन्तर प्राथमिकता दिँदै आएको छ । एसबीआईको सञ्चालनको जग विशिष्ट अत्याधुनिक प्रविधिको प्रयोग गरेर व्यवस्थितरुपमा सेवाहरूको विस्तृत दायरा प्रदान गर्नु रहेको छ ।
स्टेट बैंक समूहको अभिन्न अंग भएकोले, एनएसबिएलका कर्पोरेट ग्राहकहरूले भारतभरि २२ हजार ८०० भन्दा बढी एसबिआइ शाखाहरू र २९ देशहरूमा फैलिएका २४१ कार्यालयहरू समेटिएको विशाल नेटवर्कमार्फत सेवा लिइरहेका छन् । यो व्यापक पहुँच बैंकको मुख्य सिद्धान्तहरूमा गहिरो रूपमा गाडिएको नवीनता र ग्राहक–केन्द्रित मूल्यहरूप्रतिको अटल प्रतिबद्धताद्वारा संचालित छ, जुन सेवा, पारदर्शिता, नैतिकता, शिष्टाचार र दिगोपनको उद्धेश्यबाट प्रेरित छ ।
एनएबीसँग पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड (एनएसएमबिएल) पनि छ, जुन २०१६ मा नेपालमा विश्वसनीय मर्चेन्ट बैंकिङ र पूँजी बजार सेवा प्रदायक बन्ने दृष्टिकोणका साथ स्थापित भएको हो । एनएसएमबिएलले मर्चेन्ट बैंकिङ र पूँजी बजार डोमेनहरूमा व्यापक सेवा प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई पोर्टफोलियो व्यवस्थापन, शेयर दर्ता, अन्डरराइटिङ, वित्तीय सल्लाहकार र डिम्याटसहितका सेवाहरु प्रदान गर्न आफुलाई समर्पित गरिरहेको छ ।
पछिल्ला विकसित ट्रेण्डलाई पछ्याउदै, एनएसबीएलले डिजिटल प्लेटफर्म र परम्परागत दृष्टिकोण दुवै मार्फत विविध बजार क्षेत्रहरूमा उपभोक्ताहरूलाई सरल र दिगो बैंकिङ समाधानहरू प्रदान गर्दै नेपालमा बैंकिङ क्षेत्रको परिदृश्यलाई पुनः आकार दिइरहेको छ । एनएसबिएलको उद्देश्य आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी दरहरूमा असाधारण सेवाहरू प्रदान गर्नु हो । यो प्राप्त गर्न, बैंकले निरन्तर नयाँ प्रविधिहरूलाई अपनाउदै अगाडी बढिरहेको छ । सञ्चालनको ३३ वर्ष मनाउँदै, एनएसबिएलले समाजमा महत्वपूर्ण योगदान पु¥याउने र राष्ट्रको विकासलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
भारतबाट रेमिट्यान्स






