एनएसबिएल पेमेण्ट गेटवे मार्फत नेपालबाट भारतका RTGS NEFT प्रणालीमा आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा आयातको भुक्तानी तथा अन्य विप्रेषण गर्न सकिन्छ । साथै यस माध्यमबाट स्टेट बैंक अफ ईण्डियाबाट नेपालमा पैसा पठाउन पनि सकिन्छ । यो सर्वसुलभ तथा भरपर्दो विधुतिय विप्रेषणको माध्यम हो ।
विशेषताहरु:
- बैकिङ्ग प्रणाली बाट छिटो पैसा पठाउन सकिने
- छिटो र भरपर्दो विप्रेषण सुविधा
- भारत स्थित एसबिआई बैंकको खातामा तत्काल रकम जम्मा हुने.
- भारतका सबै NEFT प्रणालीमा आवद्ध बैंकहरुमा विप्रेषण गर्न सकिने
- लेनदेन वास्तविक समय आधारमा सेटल हुन्छ, RBI को सेटलमेन्ट ब्याच द्वारा निर्देशित (SBI समूह बाहिरका बैंकहरूको मामलामा)।
- सजिलो र र झन्झटरहित
स्टेट बैंक अफ ईण्डियामा लाग्ने शुल्कको विवरण निम्न अनुसार छन् ।:
विप्रेषण रकम |
नेपाल एसबिआई बैंकमा खाता हुने लाभगा्रहीहरुको लागि शुल्क (Beneficiary) |
नेपाल एसबिआई बैंकमा खाता नहुने लाभगा्रहीहरुको लागि शुल्क (Beneficiary) |
भा.रु ५,००० सम्म |
भा.रु २० |
भा.रु ७० |
भा.रु ५,००० माथि भा.रु ५०,००० सम्म |
भा.रु २० |
भा.रु ९५ |
भा.रु ५०,००० माथि |
भा.रु १ प्रति हजार, न्यूनतम भा.रु ७५ वा अधिकतम भा.रु १५०० |
भा.रु १.५० प्रति हजार, न्यूनतम भा.रु १५० वा अधिकतम भा.रु ३००० |
नेपाल एसबिआइ बैंकमा खाता नभएका लाभग्राहीको हकमा प्रति कारोवार ने.रु १०० र NCHL IPS शुल्क अधिकतम ने.रु १० लाग्दछ ।
