नेपाल एसबिआई बैंक लिमिटेडद्वारा ललितपुरको कुपन्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समितिमा एटिएम टर्मिनलको उद्घाटन कार्यक्रम सम्पन्न

मंसिर ७ २०८३
नेपाल एसबिआई बैंक लि. ले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए । सो कार्यक्रममा गुरद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष, श्री प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत , श्री विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, श्री प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख, श्री सुशिल राज श्रेष्ठ र बैंक तथा गुरद्वाराका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । श्रद्धालुहरू, स्थानीय बासिन्दा तथा ग्राहकहरूलाई सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उतm नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको हो । यसबाट ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।






