
बैशाख ३१, २०८२,
नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बिरगंज स्थित श्री महानगरपालिका आधारभुत बिद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले श्री महानगरपालिका आधारभुत बिद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोइराला, बैंकका मधेश प्रदेश प्रमुख, श्री रितेश अर्याल र बैंक तथा स्कुलका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।