
August 18, 2024
नेपाल एसबिआई बैंक लि. ले हलेसी तुवाचुङ नगरपालिका, खोटाङ स्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देले श्री हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री गजुरमान राईलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।