नेपाल एसबिआई बैंक लि. द्धारा परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), विर्तामोड, झापामा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

आश्विन २१, २०८३
नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्वआश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले आश्रमका अध्यक्ष श्री बिष्णु कार्किलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोईराला, कोशी प्रदेश प्रमुख, श्री दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।






