Customer Education Inner page slide

Breadcrumb

Customer Education Heading

ग्राहक शिक्षा

Customer Education

ग्राहक पहिचान, सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि  ग्राहक सचेतना 

o    ग्राहकको वास्तविक पहिचान तथा सोको सम्पुष्टि गर्ने प्रक्रिया नै ग्राहक पहिचान हो । ग्राहकले बैंकमा विभिन्न कारोबारहरु गर्दै गर्दा आफ्ना ग्राहकको त्यस्ता कारोबार तथा ग्राहकसंग सम्बन्धित पर्याप्त/उपयुक्त विवरण/जानकारी तथा सो विवरणहरुलाई प्रमाणित गर्ने कागजातहरु बैंकले ग्राहकसंग माग गर्ने गर्दछ ।
o    आफ्नो फोन नम्बर, सम्पर्क ठेगाना, पेशा, व्यवसाय, आदि जस्ता विवरणहरु परिवर्तन भएमा सो विवरणहरु अद्यावधिक गर्न बैंकलाई पठाउनु/अनुरोध गर्नु पर्दछ । 
o    ग्राहकको वास्तविक पहिचान नभएसम्म बैंकले कुनै पनि कारोबार अगाडी बढाउँदैन । त्यसैले बैकिङ्ग प्रयोजनको लागि माग हुने यस्ता विवरण तथा कागजात बु्झाउन ग्राहकले हिच्किचाउनु हुँदैन र ग्राहकका त्यस्ता कागजात  तथा विवरण बैंकले गोप्य राख्ने गर्दछ । 
o    सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी रोक्नका लागि बैंकले आफ्ना ग्राहक तथा ग्राहकका कारोबारहरुको विवरण/जानकारी लिने गर्दछ ।  
o    कुनै गैरकानूनी क्रियाकलापबाट कमाएको / आर्जन गरेको  रकम / कालो धन बैंक खाताबाट हुने कारोबार मार्फत् बैकिङ्ग प्रणालीमा प्रवेश भएपछि सम्पत्ति शुद्धीकरण भएको भनिन्छ । 
o    यदि कुनै व्यक्तिले कुनै कारण बिना तपाईंको नाममा बैंकमा खाता खोल्न अनुरोध गरेमा, सो व्यक्तिले तपाईंको नामको खाता अनुचित लाभ/सम्वृद्धि लिनका लागि प्रयोग गरेको हुन सक्दछ ।  
o    अन्य कुनै व्यक्तिले तपाईंको खातामा जम्मा गरेको निक्षेप रकमको प्रयोजन सही हुनुपर्छ र त्यो रकम  कानूनसम्मत स्रोतबाट अर्जन भएको हुनुर्पछ । 
o    रु १०.०० लाख वा सो भन्दा  बढी  रकम खातामा जम्मा गर्दा सो रकम कुनै गैरकानूनी स्रोतबाट आर्जने भएको होईन भन्ने सुनिश्चित गर्नको लागि उक्त रकमको स्रोत खुलाउनु पर्दछ । 
o   यदि तपाइँ कुनै व्यक्ति वा संस्थालाई आर्थिक सहयोग गर्दै हुनुहुन्छ भने, त्यस्तो कोष कुनै पनि व्यक्तिगत आतंकवादी वा आतंकवादीहरूको समूहलाई आर्थिक सहयोगको लागि प्रयोग गर्नु हुँदैन। 
o   रकम वैध उद्देश्यका साथ तेस्रो पक्षको खातामा जम्मा गरिनुपर्छ। तसर्थ, एक लाख वा सोभन्दा माथिको रकम तेस्रो पक्षमा जम्मा गर्ने हो भने निक्षेपको उद्देश्य खुलाउनुपर्छ।

 

Nepal Currency Converter Web Content