विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बैंकिङ आवश्यकताहरू सहज बनाउन नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले काठमाडौंको कमलादीस्थित दरबारमार्ग शाखामा विशेष काउन्टर उपलब्ध गराएको छ।
त्यस्ता ग्राहकलाई सवारी साधनबाट सहजै आवतजावत गर्न छेउको ढोकाबाट छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ । नगद सहित सबै बैंकिङ सेवाहरू विशेष काउन्टर मार्फत उपलब्ध गराइन्छ।
नेपाल एसबिआई बैंक लिमिटेडले समाजका विभिन्न क्षेत्रका विविध ग्राहक समूहहरूलाई सेवा दिँदै आएको छ र अब विभिन्न क्षमता भएका व्यक्तिहरूलाई पनि आफ्ना ग्राहकहरूको सूचीमा समावेश गरेको छ।






