Board of Directors Inner page slide

Board of Directors Heading

संचालक समिती

Asset Publisher

श्री ध्रुव प्रसाद अधिकारी

श्री ध्रुव प्रसाद अधिकारी

नेपाल एसबिआई बैंक लिमिटेडको संस्थापकहरु मध्येको एक कर्मचारी सञ्चय कोषलाई प्रतिनिधित्व गर्दै कर्मचारी सञ्चय कोषका का. मु. सह प्रशासक श्री ध्रव प्रसाद अधिकारी नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको सदस्यको रुपमा मिति २०८३ भाद्र १८ गते देखि प्रतिनिधित्व गर्दै आउनु भएको छ । वहाँले कर्मचारी सञ्चय कोषको का. मु. सह प्रशासकको रुपमा मानव संसाधन व्यवस्थापन, आर्थिक प्रशासन, सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि विभाग तथा योजना, अनुगमन र जोखिम व्यवस्थापन आदि मामिला हेर्नुहुन्छ ।

कर्मचारी सञ्चय कोषमा १२ वर्षको सेवा अवधिमा, वहाँले नीति निर्माण, वित्तीय व्यवस्थापन तथा लेखा, बजेट प्रशासन तथा नियन्त्रण, रणनीतिक योजना तथा सुशासन, क्ष्ँच्क्रल्ँच्क् अनुसारको वित्तीय प्रतिवेदन तथा लेखापरीक्षण प्रशासन, नियामकीय अनुपालन तथा जोखिम व्यवस्थापन र शाखा समन्वय लगायतका विभिन्न कार्यक्षेत्रमा अनुभव हासिल गर्नुभएको छ । 

कर्मचारी सञ्चय कोषमा हालको जिम्मेवारी सम्हाल्नुअघि वहाँले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा प्रबन्धकका रूपमा समेत सेवा गर्नुभएको थियो । 


यसबाहेक, वहाँले नेपाल बैंक लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, सीबीआईएल क्यापिटल लिमिटेड तथा नेशनल फण्ड लिमिटेडमा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै संचालकको जिम्मेवारी समेत निर्वाह गर्नुभएको छ ।


वहाँ दिल्लीस्थित भारतीय चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ र वहाँले अर्थशास्त्रमा स्नातकोत्तर उपाधी समेत हासिल गर्नुभएको छ ।