श्री रितेश सिन्हा - Nepal
संचालक समिती
श्री रितेश सिन्हा
भारतीय स्टेट बैंक (एसबीआई) को अन्तर्राष्ट्रिय बैंकिङ्ग समूह अन्तर्गतको वित्तीय संस्था समूहको प्रमुख पदमा कार्यरत महाप्रबन्धक श्री रितेश सिन्हाले मिति २०८१ पौष २१ गते देखि नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिमा भारतीय स्टेट बैंकलाई प्रतिनिधित्व गर्दै आउनु भएको छ । वित्तीय संस्था समूहको महाप्रबन्धकको रूपमा कार्यरत श्री सिन्हाले भारतीय स्टेट बैंकको करस्पोन्डेन्ट सम्बन्ध तथा वित्तीय संस्था समूह, कोषगार व्यवस्थापन समूह र विश्वव्यापी भुक्तानी प्रणाली अन्तर्गतको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
श्री रितेश सिन्हाले यस अघि जनवरी २०२० देखि जुन २०२४ सम्म एसबीआई भुक्तानी सेवा प्रा. लि., एसबीआई मर्चेन्ट अक्वारिङ्ग Joint venture मा प्रमुख वित्तीय अधिकृतको रूपमा काम गर्दै वहाँले भारतमा डिजिटल भुक्तानीको प्रवद्र्धन र भुक्तानी प्रणालीको रूपान्तरणको लागि समेत काम गर्नुभएको थियो । वहाँले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म एसबीआई क्यानडामा कोषगार प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै एसबीआई क्यानडामा बैंक संचालन तर्फको कोष तथा लगानीको नेतृत्व गर्ने उच्च व्यवस्थापनमा रहि बैंकको मुनाफा र तरलता व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
भारतीय स्टेट बैंक (एसबीआई) मा २७ वर्ष भन्दा बढीको बैंकिङ्ग करियरमा वहाँले भारत र विदेश दुवै ठाउँमा विभिन्न पदहरूमा रहि काम गरिसक्नुभएको छ । श्री सिन्हाले यसअघि मुस्तफा सुल्तान एक्सचेन्ज कम्पनी, मस्कट र एसबीआई क्यानडा बैंकमा उपाध्यक्ष (कोषगार) को जिम्मेवारी गरी दुई वैदेशिक कार्यालयको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । वहाँले रिटेल बैंकिङ्ग, कोषगार, विदेशी मुद्रा, डेरिभेटिभ्स, लगानी, तरलता व्यवस्थापन, भुक्तानी प्रणाली र डिजिटल बैंकिङ्ग लगायतका क्षेत्रहरूको कार्य अनुभव हासिल गर्नुभएको छ ।
श्री सिन्हाले विज्ञान संकायमा स्नातक, व्यापार प्रशासनमा स्नातकोत्तर उपाधी हाँसिल गर्नुका साथै वहाँ सर्टिफाइड एसोसियट अफ इण्डियन इन्सटिच्यूट अफ बैंकर्स हुनुहुन्छ । वहाँले ग्लोबल एसोसिएशन अफ रिस्क प्रोफेशनल्स, संयुक्त राज्य अमेरिकाबाट वित्तीय जोखिम व्यवस्थापन सर्टिफिकेसन र Moody's Analytics बाट कमर्सियल क्रेडिटमा सर्टिफिकेसन हाँसिल गर्नुभएको छ । वहाँ ACAMS, संयुक्त राज्य अमेरिकाबाट सर्टिफाइड एन्टी–मनी लान्डरिंग विशेषज्ञ (२०१५) हुनुहुन्छ ।



