Board of Directors Inner page slide

Board of Directors Heading

संचालक समिती

Asset Publisher

श्री राम कुमार तिवारी

श्री राम कुमार तिवारी

भारतीय स्टेट बैंक (एसबीआई) का महाप्रबन्धक श्री राम कुमार तिवारीले मिति २०८१ माघ ३ गते देखि नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिमा भारतीय स्टेट बैंकलाई प्रतिनिधित्व गर्दै सोही मिति देखि नेपाल एसबिआई बैंक लिमिटेडको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुभएको छ । वहाँ नेपाल एसबिआई बैंकको प्रशासनिक प्रमुखको रुपमा यस बैंक तथा भारतीय स्टेट बैंक बीचको प्राविधिक सेवा सम्झौता अन्तर्गत खटीई आउनु भएको हो । बैंकको कार्यकारी प्रमुखको रुपमा वहाँले व्यवसायमा गुणात्मक वृद्धि, प्रभावकारीता, कार्यकुशलतमा सुधार र बैंकका सरोकारवालाहरूको मूल्य अभिवृद्धि सुनिश्चित गर्ने जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

वहाँले सन् १९९८ मा भारतीय स्टेट बैंकमा परिक्षणकालीन अधिकृतको रूपमा आफ्नो सेवा सुरु गरी बैंकिङ्गका विभिन्न क्षेत्रहरू जस्तै शाखा संचालन, शाखा व्यवस्थापन, नयाँ व्यवसाय प्रवद्र्धन, लेखा, प्रणाली र लगानी, कोषगार, व्यापार वित्त, अन्तर्राष्ट्रिय बैंकिङ्ग आदिमा विशेषज्ञता हासिल गर्नु भएको छ । स्टेट बैंक अफ इन्डियामा २७ वर्षभन्दा बढीको उत्कृष्ट करियरको क्रममा वहाँले प्रबन्धक (कोषगार व्यवस्थापन समूह), सहायक महाप्रबन्धक (नयाँ व्यवसाय, कर्पोरेट सेन्टर), उपमहाप्रबन्धक (एनआरआई शाखा, मुम्बई), उपमहाप्रबन्धक (व्यापार र संचालन, प्रशासनिक कार्यालय ठाणे, मुम्बई), महाप्रबन्धक (नेटवर्क–३, भोपाल सर्कल) को महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्नुभएको छ, । वहाँको बैंकिङ्ग करियरमा, श्री तिवारीले संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शाखामा उपाध्यक्ष र प्रमुख (व्यापार वित्त) र एसबीआई जापानको ओसाका शाखामा सहायक उपाध्यक्ष (प्रणाली र लगानी) को रूपमा वैदेशीक कार्यभार पनि सम्हाल्नु भएको छ ।

वहाँले व्यापार प्रशासनशास्त्र (बैंकिङ्ग र वित्त) मा  स्नातकोत्तर उपाधी हाँसिल गर्नुभएको छ । वहाँले कमर्सियल क्रेडिटमा सर्टिफिकेसन (CICC) (Moody’s), जोखिम व्यवस्थापनमा सर्टिफिकेसन कार्यक्रम, विदेशी विनिमयमा सर्टिफिकेसन कोर्स (IIBF), डिजिटल बैंकिङमा सर्टिफिकेसन कार्यक्रम (IIBF) समेत हासिल गर्नुभएको छ । वहाँ भारतीय बैंकर्स संस्थाका सर्टिफाइड एसोसिएट (CAIIB- Part I & II) समेत हुनुहुन्छ ।