श्री सुबोध प्रसाद गौतम - Nepal
संचालक समिती
श्री सुबोध प्रसाद गौतम
श्री सुबोध प्रसाद गौतमलाई बैंकको मिति २०८३ भाद्र १८ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकको रूपमा नियुक्त गरेकोे छ । हाल वहाँ दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिवको रूपमा कार्यरत रहदै जलविद्युत आयोजनाको अन्तिम चरण सम्बन्धी कार्य र समग्र विकासको नेतृत्व गरिरहनुभएको छ ।
कृषि विकास बैंक लिमिटेडको नायब महाप्रबन्धक पदबाट सेवानिवृत्त हुनुअघि श्री गौतमले कृषि विकास बैंक लिमिटेडमा विभिन्न भूमिकामा २८ वर्षको बृहत अनुभव हासिल गर्नुभएको छ । उक्त सेवा अवधिमा निजले शाखा कार्यालयहरू, मानव संसाधन महाशाखा, मार्केटिङ तथा शाखा संचालन महाशाखा, कानून महाशाखा, सामान्य सेवा महाशाखा लगायत विभिन्न कार्यालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । कृषि विकास बैंक लिमिटेडबाट सेवा निवृत्त भएपश्चात वहाँले सन् २०१८ देखि २०२४ सम्म दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडको प्रबन्ध संचालकको रूपमा कार्य गर्दै रणनीतिक योजना तयार पार्ने, सरकारी निकायहरू तथा सरोकारवालाहरूसँग समन्वय गर्ने, इन्जिनियरिङ, खरिद तथा निर्माण गतिविधिहरूको निगरानी गर्ने, बजेट व्यवस्थापन, स्रोत बाँडफाँड, टिम सञ्चालन गर्ने तथा प्राविधिक, सुरक्षा र नियामक मापदण्डहरूको पालना सुनिश्चित गर्ने जस्ता जिम्मेवारीहरू बहन गर्दै विकास क्षेत्रमा ८ वर्षको कार्य अनुभव प्राप्त गर्नुभएको छ ।
श्री गौतमले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनशास्त्रमा स्नातकोत्तर उपाधी समेत हासिल गर्नुभएको छ ।



