Board of Directors Inner page slide

Board of Directors Heading

संचालक समिती

Asset Publisher

श्री अप्सरा उप्रेती

श्री अप्सरा उप्रेती

श्री अप्सरा उप्रेती, सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्दै मिति २०८२ पौष १८ गते बाट लगातार देस्रो कार्यकालका लागि नेपाल एसबीआई बैंक लिमिटेडको संचालक समितिमा रहनु भएको छ । वहाँ मिति २०८२ पौष १८ गते सम्पन्न बैंकको ३२औँ वार्षिक साधारण सभामा बैंकको संचालक पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । वहाँ हाल लगानी, जलविद्युत र निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ ।

श्री उप्रेतीले लेखापरीक्षण र रेटिङ्ग क्षेत्र सहित वित्तीय क्षेत्रमा एक दशकभन्दा बढीको कार्य अनुभव हासिल गर्नुभएको छ ।

वहाँले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी डिग्री र व्यापार प्रशासनशास्त्रमा स्नातकोत्तर उपाधी हासिल गर्नुभएको छ । वहाँ सिएफए इन्स्टिच्युट, संयुक्त राज्य अमेरिकाबाट सर्टिफाइड चार्टर्ड वित्तीय विश्लेषक समेत हुनुहुन्छ ।