CSR Activity at Samaj Kalyan Kendra Briddhashram, Pashupati, Kathmandu

January 25, 2026
Nepal SBI Bank Ltd. (NSBL) has conducted a Corporate Social Responsibility (CSR) activity by providing basic necessary items such as Winter Clothes, Blankets, Cloth Dryer, Cotton Bedsheets, Electric Kettles, Warm Slippers to senior citizens of Samaj Kalyan Kendra Briddhashram. The initiative aims to enhance overall wellbeing of senior citizens by providing their basic requirements. The items were formally handed over by Mr. Ram Kumar Tiwari, Managing Director & CEO, NSBL to Ms. Shashi Poudel, Head- Samaj Kalyan Kendra Briddhashram, Pashupati. Mr. Prakash Mani Sharma Bhusal, Member Secretary, PADT, Mr. Shreedhar Sapkota, Treasurer, PADT, Mr. Vikas Anand, Dy. CEO & Chief Operating Officer, NSBL, Mr. Rajesh Kumar Panda, Chief Financial Officer, NSBL, Mr. Prabin Muni Bajracharya, Chief Business Development Officer, NSBL and other officials of the bank and the organization were present during the program. The bank has been conducting such activities to support communities and promote social well-being very often.
११ माघ, २०८२
नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले श्री समाज कल्याण केन्द्र बृद्धाश्रम, पशुपतिकी प्रमुख, श्री शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा पशुपति बिकास कोषका सदस्य सचिब, श्री प्रकाश मणि शर्मा भूषाल, पशुपति बिकास कोषका कोषाध्यक्ष, श्री श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य र बंैक तथा संस्थाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।






