श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालय, इटहरी, सुनसरीमा सामाजिक उत्तरदायित्व कार्यक्रम

ज्येष्ठ २०, २०८३
नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका(८, स्थित, श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामाग्रीहरु प्रदान गरेको छ । उक्त सामाग्रीहरु बैंककी कोशी प्रदेश प्रमुख, श्री दमयन्ती जोशीले श्री सेतो गुराँस नमुना बालबाटिकाकी प्रधानाध्यापक, श्री लक्ष्मी चौधरीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ११० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ ।






